सिद्धू कान्हूको मूर्ति भत्काएकोमा जनजातिहरूले गरे पथावरोध
सिद्धू कान्हूको मूर्ति भत्काएकोमा जनजातिहरूले गरे पथावरोध


बीरभूम, 01 मार्च (हि.स.)। जिल्लाको नानूर अन्तर्गत मोहनपुरमा महान क्रान्तिकारी सिद्धू-कान्हूको निर्माणाधिन प्रतिमाहरूलाई खण्डित गरिएको घटनाले आइतवार व्यापक तनाउ फैलिएको छ। यस घटनाको विरोधमा स्थानीय जनजातीय समुदायका मानिसहरूले बोलपुर-नानूर मुख्य मार्गलाई जाम गरेर विरोध प्रदर्शन गरे।

प्राप्त जानकारी अनुसार मोहनपुरको प्रान्तिक बस स्ट्याण्डड निकट स्थानीय जनजातीय समाजको पहलमा सिद्धू र कान्हूका प्रतिमाहरू निर्माण गर्ने कार्य भइरहेको थियो। आरोप छ, गए शनिवार राती अज्ञात उपद्रवी तत्वहरूले यी प्रतिमाहरूका केही भागलाई भत्काइदिए। आइतवार बिहान समुदायका मानिसहरूको नजर खण्डित प्रतिमाहरूमा परेपछि आक्रोश फैलियो।

घटनाको विरोधमा ठूलो संख्यामा जनजातीय समाजका मानिसहरू सड़कमा उत्रिए जसबाट बोलपुर-नानूर सड़क मार्ग पूर्ण रूपमा बाधित भयो। प्रदर्शनकारीहरूको भनाइ छ, सिद्धू-कान्हू उनीहरूको लागि आराध्य देव समान हुन् अनि उनको प्रतिमामाथि यस्तो प्रहार असहनीय छ।

प्रदर्शनको नेतृत्व गरिरहेका एकजना स्थानीय जनजातीय नेता मंगल मादलीले स्पष्ट शब्दमा भने, सिद्धू-कान्हू हाम्रा भगवान हुन्। उनको प्रतिमाको अपमानलाई हामी कुनै पनि स्थितिमा सहन गर्न सक्दैनौं। उनले प्रशासनसित आग्रह गरे, यस कृत्यका दोषीहरूलाई तत्काल पक्राउ गरेर उचित न्याय सुनिश्चित गरियोस्।

मंगल मादलीले भने, मूर्ति भत्काउने अपराधीहरूलाई पक्राउ नगरूञ्जेलसम्म पथावरोध जारी रहनेछ तथापि आवश्यक वाहन अनि परीक्षार्थीहरूलाई आवागमनको अनुमति दिइँदैछ।

घटनाको सूचना पाएर नानूर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि प्रदर्शनकारीहरूलाई सम्झाउने प्रयास गऱ्यो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande