
सिलगढ़ी, 01 मार्च (हि.स.)। सिलगढ़ीको विधान मार्केटस्थित एक पारम्परिक चिया दोकानमा आइतवार बिहान आयोजित “चाय पे चर्चा” कार्यक्रममा भाजपाका प्रदेश अध्यक्ष शमिक भट्टचार्य सामेल भए। यस अवसरमा विधायक शंकर घोष र सांसद राजू बिष्ट पनि यस अवसरमा उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै शमिक भट्टचार्यले भने, आज कुचबिहारबाट पार्टीको ‘परिवर्तन यात्रा’- को शुभारम्भ भाजपाका राष्ट्रिय अध्यक्ष नितीन नवीनले गर्नेछन्। उनले आगामी विधानसभा चुनाउलाई लिएर दाबी गरे, यसपालि ममता ब्यनर्जी नेतृत्वाधिन अखिल भारतीय तृणमूल कंग्रेसले खाता समेत खोल्न सक्ने छैन। जति-जति चुनाउ नजिकिँदै जाँदैछ उति-उति विशेष गहन पुनरीक्षण (एसआईआर)-को मुद्दालाई लिएर तृणमूल कंग्रेसभित्र भय बढ़्दै गइरहेको छ। तथापि उनले दाबी गरे, आम जनतालाई यसबाट कुनै समस्या भइरहेको छैन।
यस कार्यक्रमलाई लिएर भाजपा समर्थकहरूमा विशेष उत्साह देखियो।
पार्टी सूत्र मुताविक ‘परिवर्तन यात्रा’- को मुख्य उद्देश्य राज्यका विभिन्न जिल्लाहरूमा पुगेर जनसम्पर्क बढ़ाउनु तथा संगठनलाई सशक्त बनाउनु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा