
खरसाङ, 01 मार्च (हि.स.)। तीनधारेमा शास्त्रीय संगीत र लोक नृत्य प्रशिक्षण केन्द्र शुरु गरिएको छ। यस केन्द्रमा तीनधारेकी नृत्य प्रशिक्षक अरुणा छेत्री सुन्दासको प्रशिक्षणमा स्थानीय नानीहरुलाई तीनधारेमै शास्त्रीय नृत्यका साथै जातीय लोक नृत्यको पनि प्रशिक्षण दिइने भएको छ।
उक्त शास्त्रीय नृत्य र लोक नृत्य प्रशिक्षणको लागि तीनधारेमा झंकार नृत्य कुञ्ज शुरु गरिएको छ। तीनधारेको होटल गैरीमा शुरु गरिएको केन्द्रमा 7-8 जना नानीहरुले प्रवेश पनि लिइसकेका छन्। तीनधारेमा संगीतकार यादव गजमेरको अगुवाईमा संगीतमा रुचि राख्ने नानीहरुलाई गिटार र किबोर्ड प्रशिक्षण दिने कार्य भइरहेको थियो भने अब अरुणा छेत्री सुन्दासको प्रशिक्षणमा शास्त्रीय र लोक नृत्य प्रशिक्षण केन्द्र 'झंकार नृत्य कुञ्ज' पनि शुरु गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक