मतदाता सूचीबाट नाम हटाइएकोमा मतुआ समुदायको प्रदर्शन
मतदाता सूचीबाट नाम हटाइएकोमा मतुआ समुदायको प्रदर्शन


उत्तर 24 परगना, 01 मार्च (हि. स.)। जिल्लाको गायघाटास्थित चाँदपाड़ा बजारमा आइतवार मतदाता सूचीबाट नाम हटाइएको विरोधमा मतुआ समुदायका मानिसहरूले व्यापक विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरूले यशोर रोडलाई जाम गरेर टायर जलाए अनि प्रशासनविरूद्ध गगनभेदी नाराबाजी गरे।

प्राप्त जानकारी अनुसार शनिवार प्रकाशित अन्तिम मतदाता सूचीमा बनगाउँ महकुमाका चार वटा विधानसभा सीटहरूबाट ठूलो संख्यामा मानिसहरूको नाम हटाइएको छ।

प्रदर्शनकारीहरूको दाबी छ, सूचीबाट नाम हटाइएकाहरूमा मतुआ शरणार्थी (उद्वास्तु) समुदायका मानिसहरूको संख्या सर्वाधिक छ। यसैको विरोधमा आइतवार अपरान्ह मतुआ समाजको एक समूह चाँदपाड़ा बजारमा एकत्रित भयो अनि सड़क जाम गरेर टायर बालेर विरोध प्रदर्शन गऱ्यो। यस प्रदर्शनको कारणले यशोर रोडमा वाहनहरूको आवागमन ठप्प भयो जसबाट बटुवाहरूलाई ठूलो समस्याको सामना गर्नु पऱ्यो।

प्रदर्शनकारीहरूको भनाइ छ, उनीहरू वर्षौंदेखिको यहाँ बसोबास गर्दै आइरहेका छन् र उनीहरूसित वध दस्तावेज पनि छ तथापि राजनीतिक षड़यन्त्र गरेर उनीहरूको नामलाई मतदाता सूचीबाट हटाइएको छ।

घटनाको सूचना पाउनसाथ स्थानीय पुलिसले तुरून्तै गटनास्थलमा पुगेर प्दर्शनकारीहरूलाई सम्झाउने प्रयास गऱ्यो। साथै पुलिसले उनीहरूलाई विशेष व्यवस्था सुनिश्चित गर्ने आश्वासन पनि दियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande