
लखनऊ, 11 मार्च (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, अमृतानन्दमयी माँ र भारतीय जैन धर्मस्थल मन्दिरका धर्माधिकारी वीरेन्द्र हेगड़ेले अयोध्याको श्री रामजन्मभूमिमा 19 मार्चमा हुने वर्ष प्रतिपदा समारोहमा भाग लिनेछन्। सो अवसरमा राष्ट्रपतिले श्रीराम जन्मभूमि मन्दिरको दोस्रो तलाको गर्भगृहमा श्रीराम यंत्र स्थापना गर्नेछिन्।
श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष, महन्त नृत्यगोपाल दास महाराज, जगद्गुरु शंकराचार्य वासुदेवानन्द सरस्वती, जगद्गुरु मध्वाचार्य विश्वप्रसन्न तीर्थ, राष्ट्रिय स्वयंसेवक संघका सरकार्यवाह दत्तात्रेय होसाबले, उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ र सबै ट्रस्टका अधिकारीहरू वर्षा प्रतिपदाको समारोहमा उपस्थित हुनेछन्।
राष्ट्रपति मुर्मुले समारोहमा आमन्त्रित अतिथिहरूलाई पनि सम्बोधन गर्नेछिन्। राष्ट्रपति मन्दिर परिसरबाट प्रस्थान गरेपछि आमन्त्रित अतिथिहरूले राम मन्दिरको दर्शन गर्नेछन्। कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। विश्व हिन्दू परिषद्का राज्य र क्षेत्रीय पदाधिकारीहरू कार्यक्रमलाई सम्पन्न गराउन अयोध्या आइपुगेका छन्। ट्रस्टले कार्यक्रममा उपस्थित हुन विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा पठाइरहेको छ। यसैबीच राष्ट्रपतिको आगमनअघि तयारीको समीक्षा गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बिहिवार अयोध्या आइपुग्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी