लाल किल्ला संग्रहालयबाट नेताजीको टोपी हराएको आरोप, चन्द्रकुमार बोसको दाबी
संग्रहालयमा लाइएको चित्र


कोलकाता, १३ मार्च (हि.स.)। स्वतन्त्रता सेनानी सुभाष चन्द्र बोसका प्रपौत्र चन्द्र कुमार बोसले नयाँ दिल्लीस्थित लाल किला परिसरमा रहेको नेताजी संग्रहालयबाट नेताजीको ऐतिहासिक टोपी हराएको आरोप लगाएका छन्।

बोसले बिहिबार राति सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै आफूले परिवारका सदस्यहरूसँग मिलेर उक्त टोपी स्वयं प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरेको बताएका छन्। प्रधानमन्त्री मोदीले २३ जनवरी, २०१९ मा नेताजीको जन्मजयन्तीका अवसरमा यो टोपी लालकिल्लास्थित नेताजी संग्रहालयमा प्रदर्शनका लागि राखेका थिए।

उनका अनुसार, हालै ‘ओपन प्लेटफर्म फर नेताजी’ सँग सम्बन्धित एक अधिवक्ता नवीन बामेल संग्रहालय पुगेका थिए। त्यहाँ नेताजीको टोपी राखिएको काँचको बाकस खाली अवस्थामा फेला परेको उनले बताए। भारतीय पुरातत्व सर्वेक्षणका अधिकारीहरूलाई सोध्दा पनि यसबारे स्पष्ट जानकारी प्राप्त हुन सकेन।

चन्द्रकुमार बोसले यस घटनालाई गम्भीर बताउँदै नेताजी देशका महान नेतामध्ये एक भएको र यस्तो ऐतिहासिक धरोहर हराउनु अत्यन्त लज्जास्पद भएको बताए। उनले यस विषयमा हस्तक्षेप गरी जांच गराउन प्रधानमन्त्रीसँग माग गरेका छन्। साथै, यदि यो ऐतिहासिक वस्तु वास्तवमै हराएको हो भने यसलाई नेताजीप्रति अनादरका रूपमा लिनुपर्ने उनले बताएका छन्।

यसैबीच उच्चतम न्यायालयले बिहिबार नेताजी सुभाषचन्द्र बोसका पार्थिव अवशेष जापानबाट भारत ल्याउन माग गरिएको याचिकामा सुनुवाई गर्न अस्वीकार गरेको छ। प्रधानन्यायाधीश सुर्यकान्तको अध्यक्षतामा रहेको इजलासमा वरिष्ठ अधिवक्ता अभिषेक मनु सिंघवीले याचिकाकर्ता आशीष रायको तर्फबाट याचिका फिर्ता लिन अनुमति मागे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande