
नयाँ दिल्ली, 15 मार्च (हि.स.)। केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) ले पश्चिम एशियामा वर्तमान स्थितिलाई मध्यनजर राखेर कक्षा 12औंको बोर्ड परीक्षाहरू रद्द गर्ने निर्णय लिएको छ। बोर्डले भन्यो, छात्रहरूको सुरक्षा र वर्तमान परिस्थितिहरूलाई ध्यानमा राखेर यो फसेला लिइएको हो।
सीबीएसईले यस सम्बन्धमा शनिवार एक परिपत्र जारी गरेको छ, जस अनुसार, बहरीन, ईरान, कुवैत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा सम्बद्ध विद्यालयहरूका विद्यार्थीहरूका लागि 16 मार्चदेखि 10 अप्रेलसम्म तय गरिएका कक्षा 12औंका सबै परीक्षाहरू रद्द गरिएको छ। बोर्ड अनुसार, यी देशहरूमा परीक्षा सञ्चालन गर्ने सम्भावनाको समीक्षा सम्बन्धित विद्यालयहरू र स्थानीय अधिकारीहरूबाट प्राप्त सुझावहरूको आधारमा गरियो।
यो समीक्षापछि वर्तमान परिस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएको निर्णय गरिएको छ। सीबीएसईले 01 मार्च, 03 मार्च, 05 मार्च, 07 मार्च र 09 मार्च 2026 मा जारी गरिएका परिपत्रहरू मार्फत पहिले स्थगित गरिएका परीक्षाहरू पनि अब रद्द मानिने कुरा स्पष्ट पारेको छ। बोर्डले यी देशका कक्षा 12 का विद्यार्थीहरूको नतिजा घोषणा गर्ने प्रक्रिया र तरिका छुट्टाछुट्टै सूचित गरिने बताएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी