
नयाँ दिल्ली, 15 मार्च (हि.स.)। विदेशमन्त्री डा. एस जयशंकर 15-16 मार्चमा बेल्जियमको ब्रसेल्सको आधिकारिक यात्रामा जानेछन्। यस यात्रामा उनले विदेश मामिलाहरूको परिषदको बैठकमा ईयूका 27 सदस्य देशहरूका विदेश मन्त्रीहरूको साथ चर्चा गर्नेछन्।
यस यात्रामा विदेशमन्त्री यूरोपीय संघका नेतृत्वका साथै बेल्जियम र ईयूका अन्य सदस्य देशहरूका आफ्ना समकक्षहरूको साथ पनि बैठकहरू गर्नेछन्।
विदेश मन्त्रालय अनुसार, 16औं एतिहासिक भारत-ईयू शिखर सम्मेलन पश्च्यात तुरन्तै भइऱहेको विदेशमन्त्रीको यो यात्राले यूरोपीय संघको साथ भारतको रणनीति साझेदारीलाई अझ् अधिक प्रगाढ़ बनाउने आशा राखिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी