मणिपुरमा दुई उग्रवादी एवं तीन मादक पदार्थ तस्कर समेत पाँच पक्राउ
मादक


इम्फाल, 15 मार्च (हि.स.)। मणिपुर पुलिसले राज्यका विभिन्न हिस्साहरूमा अभियान चलाउँदै प्रतिबन्धित संगठन प्रीपाक (प्रो) एवं आरपीएफ/पीएलएका दुई क्याडरका साथै एक अन्य अभियानमा हतियारहरूको साथ थप तीन जनालाई पक्राउ गरेको छ। सूत्रहरूले दाबी गरेका छन् कि तीनैको सम्बन्ध मादक पदार्थ तस्कर गुटसित हुनसक्छ। पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

आइतवार जारी एक बयानमा मणिपुर पुलिस मुख्यालयले बतायो, शनिवार सुरक्षाबलहरूले पोरमपत थानान्तर्गत वांगखेई एन्ड्रो पार्किङ क्षेत्रबाट प्रतिबन्धित संगठन प्रीपाक (प्रो) को एक सक्रिय क्याडरलाई पक्राउ गऱ्यो। पक्रा परेको व्यक्तिको पहिचान थियाम अथोई मैतेई उर्फ अथौबा (24) को रूपमा गरिएको छ। क्याडर मूल रूपमा इम्फाल पूर्वी जिल्लाको इरिलबुंग थानान्तर्गत चानम सान्ड्रोक मयाई लेइकाईको निवासी हो।

दोस्रो अभियानमा सुरक्षाबलहरूले आरपीएफ/पीएलएको एक सक्रिय महिला क्याडरलाई पक्राउ गऱ्यो। यी महिला प्रतिबन्धित संगठनको निम्ति सदस्यहरूको भर्ती गर्नमा सामेल थिइन्। पक्रा परेकी महिलाको पहिचान खांगेम्बम (ओ) खुमंथेम औना देवी उर्फ इबेयाइमा (43) को रूपमा गरिएको छ। महिला क्याडर मूल रूपमा विष्णुपुर जिल्लाको कुम्बी इशिंग चाइबा लेइकाईको निवासी हुन्। उसलाई इम्फाल पूर्वी जिल्लाको लामलाई थानान्तर्गत सावोम्बुंग फरेस्ट गेट क्षेत्रबाट पक्राउ गरियो। उदेखि एक मोबाइल फ़ोन जफत गरिएको छ।

यसबीच सुरक्षाबलहरूले थौबल जिल्लाको लिलोंग थानान्तर्गत राष्ट्रिय राजमार्ग-102 मा लिलोंग बजार क्षेत्रबाट तीन व्यक्तिलाई पक्राउ गऱ्यो। पक्रा परेका व्यक्तिहरूको पहिचान मो. अब्दुल गफार उर्फ थोई (22), मो. बोइचा (23) र केएच अकिप उर्फ अकी (23) को रूपमा गरिएको छ।

पुलिसले पक्रा परेका व्यक्तिहरूदेखि एक 9 एमएमको पेस्तोल, म्याग्ज़ीनको साथ (सात राउण्ड 9 एमएमको जिउँदो कारतूस), 494 ग्राम हेरोइन (ब्राउन शुगर), चार मोबाइल फ़ोन र एक चार चक्के हुन्डई क्रेटा वाहन जफत गरिएको छ। पक्रा परेका तीन व्यक्तिहरूको सम्बन्धमा सुरक्षा बलहरूले आशंका व्यक्त गरेका छन् कि यी सबै मादक पदार्थको तस्कर हुनसक्छन्। पुलिसले हाल मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande