मणिपुरमा 60 किलो विस्फोटकसंग प्रचुर मात्रामा हतियार जफत
48


इम्फाल, 15 मार्च (हि.स.)। सुरक्षा बलले मणिपुरमा खोजी अभियान सञ्चालन गर्दै अवैध हतियारहरू जफत गर्नका साथै राज्यका संवेदनशील क्षेत्रहरूमा सवारी साधनहरूको सुरक्षित आवागमन सुनिश्चित गरिरहेको छ। यस सम्बन्धमा सुरक्षा बलले चुराचन्दपुर जिल्लामा हतियारको ठूलो भण्डार जफत गरेको छ।

मणिपुर पुलिस मुख्यालयले आइतवार जारी बयानमा बतायो, चुराचन्दपुर जिल्लाको हेन्ग्लेप थानान्तर्गत ओल्ड नबिल, थाङजिङ टपको पूर्व क्षेत्रमा गरिएको एक अपरेशनको क्रममा सुरक्षा बलले एक देशी निर्मित रकेट, लगभग 7 फिट लामो र लगभग 60 किलो विस्फोटक, एक देशी निर्मित एकल-ब्यारेल बन्दुक, सात 7.62 एमएम खाली कारतूस, चार म्यागजिन, एक मोर्टार बम र एक देशी निर्मित मोर्टार/पम्पी जफत गरिएको छ।

पुलिस सूत्रहरू अनुसार, सुरक्षा बलहरूले जिल्लाहरूको सीमा र संवेदनशील क्षेत्रहरूमा निरन्तर खोजी अभियान सञ्चालन गर्दै क्षेत्र नियन्त्रण कायम राखिरहेका छन्। शनिवार मणिपुरका विभिन्न जिल्लाहरूमा, पहाड़ र उपत्यका दुवैमा जम्मा 115 नाका र चेकपोइन्टहरू स्थापना गरिएका थिए तर कसैलाई पनि पक्राउ गरिएन।

यसैगरी सुरक्षाबलहरूले राष्ट्रिय राजमार्ग 37 मा आवश्यक समान बोकेका 271 सवारी साधनहरूको आवागमन सुनिश्चित गरेको थियो। सबै संवेदनशील स्थानहरूमा कड़ा सुरक्षा व्यवस्था गरिएको छ र सवारी साधनहरूको सुरक्षित र निर्बाध आवागमन सुनिश्चित गर्न संवेदनशील मार्गहरूमा सुरक्षा लश्करहरू प्रदान गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande