
ब्रसेल्स (बेल्जियम), १६ मार्च (हि.स.)। भारतका विदेशमन्त्री एस. जयशंकर र साइप्रसका विदेशमन्त्री कन्स्टेन्टिनोस कोम्बोसबीच यहाँ महत्वपूर्ण भेटवार्ता भयो। जयशंकरले एक्स ह्यान्डलमा एउटा तस्बिर सार्वजनिक गर्दै आज ब्रसेल्समा साइप्रसका विदेशमन्त्री कोम्बोससँग भेटेर निकै खुशी लागेको बताएका छन्।
उनले एक्समा लेखेका छन्, “हामीले हाम्रो रणनीतिक साझेदारीलाई अझ सुदृढ़ बनाउने उपायहरूबारे छलफल गर्यौं र पश्चिम एशियाको अवस्थाबारे विचार आदान-प्रदान गर्यौं। साथै यूरोपियन यूनियन र भारतबीचको सहकार्यलाई अघि बढाउन साइप्रसको सहयोगको हामी सराहना गर्छौं।”
विदेशमन्त्री जयशंकरले ब्रसेल्समा यूरोपियन यूनियनका सदस्य देशहरूका विदेशमन्त्रीहरूसँग वार्ताका लागि आइतबार दुई दिने भ्रमण शुरु गरेका हुन्। जनवरीमा दुवै पक्षबीच ऐतिहासिक मुक्त व्यापार सम्झौता (एफटीए) मा सहमति भएपछि भारततर्फबाट ब्रसेल्सको यो पहिलो उच्चस्तरीय भ्रमण हो। ब्रसेल्समा युरोपेली संघको मुख्यालय रहेको छ।
जयशंकर यूरोपीय आयोगकी उपाध्यक्ष काजा कैलासको निमन्त्रणामा बेल्जियमको राजधानी ब्रसेल्स पुगेका हुन्। यूरोपियन यूनियनमा २७ सदस्य राष्ट्र रहेका छन्। भारतको विदेश मन्त्रालयका अनुसार, यस अवधिमा जयशंकरले युरोपेली संघका अध्यक्ष तथा बेल्जियम र अन्य सदस्य देशहरूका विदेशमन्त्रीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल