मणिपुरः प्रीपाक, केवाईकेएल एवं केसीपीका 5 उग्रवादी पक्राउ
मणि


इम्फाल, 17 मार्च (हि.स.)। मणिपुरमा प्रतिबन्धित संगठनहरूका क्याडरहरू विरूद्ध जारी अभियानमा टेंगनौपाल जिल्लाबाट अलग-अलग संगठनहरूका पाँच क्याडरहरूलाई पक्राउ गरिएको छ। उग्रवादीहरूसित पुलिसले लगातार सोधपुछ गरिरहेको छ।

मणिपुर पुलिस मुख्यालयद्वारा आज जारी आधिकारिक सूचनामा बताइएको छ कि सोमवार सुरक्षाबलहरूले टंगनौपाल जिल्लाको मोरेह थानान्तर्गत अन्तरराष्ट्रिय बर्डर पोस्ट (बीपी) 73 र 75 बीचबाट वीबीआईजीका पाँच क्याडरहरूलाई पक्राउ गरेका छन्। ज्ञात होस्, मोरेह क्षेत्रको सीमा म्यान्मारसित लाग्छ।

पक्रा परेका क्याडरहरूको पहिचान वाइखोंग गाउँको थांगजम अशोक कुमार सिंह उर्फ खोंगथांग (प्रीपाक), लाइश्रम निपमाचा सिंह उर्फ लोइया (प्रीपाक), थांगजाम मणिमातुम मैतेई उर्फ सना (केवाईकेएल), लाइश्रम इनाओ सिंह उर्फ सनमाचा (केसीपी-एमएफएल) र चिंगंगबाम शक्ति सिंह उर्फ फेयरन (केसीपी-एमएफएल) को रूपमा गरिएको छ। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी अग्रिम कानूनी कारबाही जारी राखेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande