दिनहाटा दुर्घटनाः करेन्ट लागेर पाँच जना मजदुरहरूको मृत्यु, राज्य सरकारले दुुई-दुई लाख क्षतिपूर्ति अनि नोकरी दिने घोषणा गऱ्यो
दिनहाटा दुर्घटनाः करेन्ट लागेर पाँच जना मजदुरहरूको मृत्यु, राज्य सरकारले दुुई-दुई लाख क्षतिपूर्ति अनि नोकरी दिने घोषणा गऱ्यो


कुचबिहार, 2 मार्च (हि.स)। जिल्लाको दिनहाटामा ढुङ्गा फुटाउने फ्याक्ट्रीमा करेन्ट लागेर पाँच जना मजदुरहरूको पीड़ादायी मृत्यु भएपछि राज्य सरकार सक्रिय भएको छ। घटना घटेको केही घण्टाभित्रै मृतकहरूको परिवारको लागि आर्थिक क्षतिपूर्ति तथा नोकरीको घोषणा गरियो।

गए आइतवार राति दिनहाटा महकुमा अस्पतालमा पुगेर उत्तर बंगाल विकास मन्त्री उदयन गुहा औ जिल्लाधिकारी राजू मिश्राले शोक सन्तप्त परिवारहरूलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएका थिए। मन्त्री उदयन गुहाले बताए, घटनाको जानकारी मुख्यमन्त्री ममता ब्यानर्जीलाई दिइएको छ। मुख्यमन्त्रीको निर्देशमा प्रत्येक मृत मजदुर परिवारलाई 2 लाख रुपियाँ आर्थिक सहयोग अनि परिवारका एक जना सदस्यलाई सरकारी नोकरी दिने घोषणा गरिएको छ।

मन्त्रीले भने, यो क्षति अपूरणीय छ, तर सरकार यस कठिन घड़ीमा पीड़ित परिवारहरूको साथमा छ।

उल्लेखनीय छ, गए आइतवार साँझ दिनहाटाको भिलेज-2 ग्राम पञ्चायत अन्तर्गत गड़गुड़ा क्षेत्रमा ढुङ्गा फुटाउने काम गरिरहँदा ढलाई मशिन 11 हजार भोल्टको हाइटेन्शन तारको सम्पर्कमा पऱ्यो जसको चपेटमा यी मजदुरहरू पनि परे। करेन्ट लागेपछि कोकोहोलो मचियो। यस घटनामा पाँच जना मजदुरहरूको मृत्यु भयो भने तीन जना घाइते भए जसलाई अस्पतालमा भर्ती गरिएको छ। प्रशासनले घाइतेहरूको उपचारको निम्ति ठोस व्यवस्था गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande