कुल्टी थाना क्षेत्रमा केन्द्रिय बलहरूले गरे रूट मार्च
कुल्टी थाना क्षेत्रमा केन्द्रिय बलहरूले गरे रूट मार्च


आसनसोल, 02 मार्च (हि.स.)। विधानसभा चुनाउको मिति अहिले घोषणा भएकै छैन, तर केन्द्रिय बलहरू पहिलाबाटै राज्यमा आउन शुरू गरिससेका छन्। सोमवारसम्ममा केन्द्रिय बलहरूको सात कम्पनी एडीपीसी अर्थात आसनसोल दुर्गापुर पुलिस कमिश्नरेट क्षेत्रमा आइपुगिसकेको छ।

बताइएको छ, चुनाउलाई स्वतन्त्र अनि शान्तिपूर्ण ढंगमा सम्पन्न गराउनको लागि मिति घोषणा हुन अगावै केन्द्रिय बलहरूलाई राज्यमा तैनाथ गरिएको छ। यस दिन विभिन्न थाना क्षेत्रहरूमा केन्द्रिय बलहरूको कम्पनी आइपुग्यो।

केन्द्रिय सेनाका जवानहरूले कुल्टी थाना क्षेत्रका विभिन्न क्षेत्रहरूमा रूट मार्च गरे। आसनसोल दुर्गापुर आयुक्तालयका विभिन्न पुलिस स्टेशनका पुलिस अधिकारीहरू केन्द्रिय बलहरूको साथमा थिए। केन्द्रिय बलहरूले गस्ती पनि गरे अनि स्थानीय मानिसहरूसित बातचित गरे। केन्द्रिय बलहरूले आम जनतालाई आश्वासन दिए, चुनाउ प्र्रक्रिया सुचारू हुनेछ। जनताले आफ्नै ढंगमा आफ्नो मतदानको अधिकार प्रयोग गर्नुपर्छ।

स्थानीय निवासीहरू यस कुरादेखि खुसी छन् कि केन्द्रिय बलहरू मतदान अगावै आइसकेका छन्। कुल्टी अतिरिक्त आसनसोल, सालानपुर, रानीगञ्ज, जमुरिया, पाण्डबेश्वर क्षेत्रमा केन्द्रिय बलहरूले रूट मार्च गरे। पश्चिम बर्दवान जिल्ला प्रशासन औ आसनसोल दुर्गापुर पुलिस कमिश्नरेट सूत्र मुताविक आगामी दिनमा आवश्यकता अनुरूप थप केन्द्रिय बलहरू आसनसेलमा आउनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande