
बीरभूम, 02 मार्च (हि.स.)। विधानसभा चुनाउको आगमनबीच बीरभूम जिल्लामा आइतवार तृणमूल कंग्रेसद्वारा आयोजित जनसभामा पार्टी नेता अनुब्रत मण्डलले भाजपा तथा केन्द्रिय बलहरूलाई लिएर चर्को प्रतिक्रिया व्यक्त गरे। उनले स्पष्ट पारे, केन्द्रिय बलहरूको माध्यमबाट उनीहरूलाई कुनै पनि स्थितिमा रोक्न सक्दैन।
जनसभालाई सम्बोधन गर्दै मण्डलले भने, पछिल्लो चुनाउमा पनि उनलाई नजरबन्द गर्ने चेष्टा गरिएको थियो, तर त्यसको कुनै परिणाम हात लागेन। उनले भने, केन्द्रिय बलहरू घर-घरमा तैनाथ गरियोस्। प्रत्येक पटक नै मलाई नजरबन्द गर्दछ। तर के गर्न सक्यो र? यसपालि पनि केही गर्न सक्दैन। मेरो काम म गरेरै छाड़छु। शान्तिपूर्ण ढंगमा मतदान होस्, यसमाथि नजर राख्नेछु।
सभामा एसआईआर मुद्दामाथि पनि उनले भाजपालाई घेरे। मण्डलले भने, ममता ब्यनर्जीले एसआईआरलाई लिएर सुप्रीम कोर्टमा लड़ाईँ लड़िरहेकी छन्। उनीहरूले सोचिरहेका थिए कि दुई कड़ोर मुसलमानहरूको नाम हटाउनेछौंष उनले के गल्ती गरेका छन्?
उनले आरोप लगाए, उनको वार्डमा धेरैजना मानिसहरूको नाम मतदाता सूचीबाट हटाउने चेष्टा गरिएको छ। यहाँसम्म कि मृत व्यक्तिहरूको नाम पनि विलोपन सूचीमा सामेल गरिएको छ। मण्डलले भने, नोटिस बिनै नाम हटाउने प्रयास गरिँदैछ, तर तृणमूल कार्यकर्ताहरू सतर्क छन् र कसैको नामलाई पनि मनमानी ढंगमा हटाउन दिनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा