
गुवाहाटी, 02 मार्च (हि.स.)। असममाआगामी विधानसभा चुनाउको लागि सत्ता पक्ष भाजपा अनि विपक्ष कंग्रेस दुवै नै व्यापक स्तरमा सक्रिय भएका छन्। चुनाउलाई लिएर कंग्रेस दल तयार भइसकेको छ। साथै प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूको सूचीलई लिएर पनि दलको स्थिति लगभग सुनिश्चित भइसकेको छ। राज्यसभाको चुनाउपछि कंग्रेसका उम्मेद्वारहरूको पहिलो सूची घोषणा हुने सम्भावना छ। यो संकेत कंग्रेस सांसद गौरव गोगोईले दिएका हुन्।
चर्चाअनुसारप्रदेश कंग्रेस अध्यक्ष वालाेकसभा सांसद गौरव गोगोईलाई जोरहाट क्षेत्रबाट उम्मेद्रवार बनाउने सम्भावना छ। कंग्रेसको माथिल्लो असममा जारी समय परिवर्तन यात्रामा गौरव गोगोईले पत्रकारहरूलाई सम्बोधन गर्दै बताए, कंग्रेस चुनाउको लागि पूर्ण रूपमा तयार छ। पार्टीले लगभग 100 सीटमा प्रतिस्पर्धा गर्नेछ भने रहल सीट मित्र दलहरूको लागि छोड़्नेछ।
प्रदेश कंग्रेसका एक जना वरिष्ठ प्रवक्ता अनुसारआगामी 7 मार्चको दिन नयाँ दिल्लीमा कंग्रेसको स्क्रीनिंग समितिको महत्वपूर्ण बैठक हुनेछ। असमको चुनाउको लागि अखिल भारतीय कंग्रेस कमिटी (एआईसीसी)-ले प्रियंका गान्धीको अध्यक्षमा गठित स्क्रीनिंग समितिको बैठकको लागि पहिलाबाटै उम्मेद्वारहरूको प्यानलको अन्तिम रूप गुवाहाटीको राजीव भवनमा दिइसकेकी छन्। दिल्लीमा हुने बैठकमा गौरव गोगोईसित सांसद प्रद्युत बरदोलोई, पूर्व सांसद रिपुन बोरा, सांसद रकिबुल हुसैन सहित शीर्ष नेताहरूले भाग लिनेछन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा