गुवाहाटी-बेंगलुरु एक्सप्रेसबाट तीन बंगलादेशी महिलाहरू पक्राउ
गुवाहाटी-बेंगलुरु एक्सप्रेसबाट तीन बंगलादेशी महिलाहरू पक्राउ


मालदह, 02 मार्च (हि.स.)। अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा बंगलादेशका तीनजना महिला नागरिकहरूलाई पक्राउ गरिएको छ। सोमवार गुवाहाटी–बेंगलुरु एक्सप्रेस ट्रेनबाट पुलिसले यिनीहरूलाई हिरासतमा लिएको हो। जाँचबुझपछि पुलिसले पुष्टि गऱ्यो, तीनैजना बंगलादेशी नागरिक हुन् जोसित भारतमा प्रवेश गर्नको लागि कुनै वैध दस्तावेज थिएन। त्यसपछि औपचारिक रूपमा सबैलाई पक्राउ गरियो।

पुलिस एवं रेल सूत्र अनुसार मयमनसिंह जिल्लाका बासिन्दा यी तीनैजना महिलाहरू एकजना दलालको सहयोगमा वैध काजसपत्र बिनै असम-बंगलादेश सीमाबाट भारतमा प्रवेश गरेका थिए। त्यसपछि दलालको माध्यमबाट कर्णाट जाने व्यवस्था गरियो। सोमवार यिनीहरू एनजेपी (न्यू जलपाईगुड़ी)-बाट गुवाहाटी–बेंगलुरु एक्सप्रेसमा सवार भएका थिए।

मालदा स्टेशनमा रेल पुलिसद्वारा विभिन्न बोगीहरूको नियमित जाँच एवं निगरानी गरिँदैथ्यो। तीनै महिलाहरू जनरल कोचमा यात्रा गरिरहेका थिए।शंका लागेर पुलिसले यिनीहरूसित जाँचबुझ गऱ्यो जसमा उनीहरूले स्वीकार गरे कि उनीहरू बंगलादेशका नागरिक हुन् र कुनै वैध दस्तावेज बिनै भारतमा प्रवेश गरेका थिए।

रेल पुलिसले बतायो, आरोपीहरूविरूद्ध कानूनी कारबाही शुरू गरिएको छ। साथै यो पनि जाँच गरिँदैठ कि कुन दलालहरूको सहयोगले उनीहरू अवैध रूपमा भारतमा आएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande