
झाड़ग्राम, 02 मार्च (हि.स.)। जंगलमहलको पर्यटन मानचित्रमा आफ्नो विशिष्ट पहिचान बनाइसकेको झाडग्राम जुलोजिकल पार्कको स्वरूप अब चाँड़ै फेरिने भएको छ। पार्कमा अब चाँड़ै नै बाघहरूको गर्जन सुनिनेछ। गए आइतवार राज्यकी वन मन्त्री बीरबाहा हांसदाले पार्कमा केही नयाँ एनक्लोजरहरूको उद्घाटन अनि शिलान्यास गर्दै वन्यजीव प्रेमीहरूलाई यो ठूलो उपराहर दिए।
गए आइतवार अबेर साँझ एक प्रेसवार्तामा वन मन्त्री हांसदाले बताए, पार्कमा पर्यटकहरूको आकर्षणलाई बढ़ाउनको लागि उत्तर बंगाल अथवा बिहारबाट दुई वटा बाध ल्याउने योजना बनाइएको छ। यसको लागि एक कडोर चालीस लाख रुपियाँको लागतमा एक विशेष अत्याधुनिक एन्क्लोजर तयार पारिँदैछ। बाघहरूसँगसँगै ओडिशाको नन्दनकानन प्राणी उद्यानबाट आठ वटा प्यांंगोलिन पनि ल्याइनेछ। एनक्लोजरको निर्माण पूरा हुनसाथ प्रस्ताव केन्द्रि चिड़ियाघर प्राधिकरमलाई अन्तिम अनुमतिको लागि पठाइनेछ।
आगामी तीन महिनाभित्रमा उत्तर बंगालको बंगाल सफारीबाट दुई वटा रोयल बंगाल टाइगर र डेढ़ महिनाभित्रमा कोलकाताको अलिपुर चिड़ियाङरबाट तीन वटा झाड़ग्राममा ल्याइनेछ। पार्क प्रबन्धनको लागि उत्साहनजक कुरा के छ भने यहाँ पूर्वमा ल्याइएको चितुवाको प्रजनन सफल भएको छ जसलाई हेरेर अब बाघ र प्यांगोलिनको पनि प्रजनन गर्ने विस्तृत योजना बनाइएको छ। यस अवसरमा वन मन्त्रीले ट्र्याप क्यामरामा कैद बाघ, भालु तथा अन्य दुर्लभ वन्यजीवहरूको तस्वीरहरूको सूचना बोर्डको पनि अनावरण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा