
भुवनेश्वर, 02 मार्च (हि.स.)। ओड़िशा पुलिसले राज्यमा आफ्नो दिगो नक्सल विरोधी अभियानमा एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। पुलिस महानिदेशक, योगेश बहादुर खुरानियाले आधिकारिक रूपमा बोलंगीर र बरगढ़ जिल्लालाई नक्सल-मुक्त घोषित गरे।
उल्लेखनीय छ, आज छत्तीसगढ़को महासमुन्द जिल्ला जुन बरगढ़ जिल्लाको सीमासित जोड़िएको छ,- मा 15 जना माओवादीहरूले हतियार समर्पण गरेर समाजको मुख्यधारामा सामेल भए। यी माओवादीहरू बरगढ़–बोलंगीर–महासमुन्द क्षेत्रमा सक्रिय थिए। यस विकाससितै अब दुवै जिल्ला नक्सल गतिविधिहरूदेखि मुक्त भएका छन्।
डीजीपीले बताए, लामो समयसम्म संचालित संयुक्त अभियान, सठीक गुप्तचर सूचना, केन्द्र अनि राज्य सुरक्षा बलहरूको समन्वित प्रयास तथा स्थानीय नागरिकहरूको सक्रिय सहयोगको कारणले यी दुवै जिल्लाबाट नक्सल गतिविधिहरूलाई पूर्ण रूपले निमिट्यान्न पार्न सकिएको छ।
उनले भने, यो महत्वपूर्ण उपलब्धि पुलिस बलको साहस, संयम औ अडिग प्रतिबद्धताको कारणले सम्भव हुन सकेको छ। उनले सबै अधिकारी अनि कर्मीहरूलाई बधाई दिए जसले अभियानहरूमा भाग लिए अनि जनताको विश्वास र निरन्तर सहयोगको लागि आभार व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा