
गुवाहाटी, 02 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले ख्रिंग ख्रिंग बैथो पूजाको पावन अवसरमा प्रदेशवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा विशेष रूपमा सोनोवाल कछारी समुदायका मानिसहरूलाई बधाई दिए जसले असमभरि नै पारम्परिक श्रद्धा एवं उल्लासको साथमा यस पर्वलाई मनाइरहेका छन्। उनले भने, यो पावन पर्व समुदायको समृद्ध सांस्कृतिक धरोहर एवं आध्यात्मिक परम्पराहरूको प्रतीक हो।
डा. सरमाले बैथो देवतासित प्रार्थना गरे, उनले सबैको जीवनमा सुख-शान्ति, कल्याण तथा समृद्धि प्रदान गरून्। उनले यस शुभ अवसरमा असमको सर्वाङ्गीण विकास तथा सबै मानिसहरूको कल्याणको कामना पनि गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा