कवि चन्द्र कुमार अग्रवालको पुण्यतिथिमा मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली
कवि चन्द्र कुमार अग्रवालको पुण्यतिथिमा मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली


गुवाहाटी, 02 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले प्रख्यात कवि चन्द्र कुमार अग्रवालको पुण्यतिथिमा उनलाई गहिरो श्रद्धाञ्जली अर्पण गरे अनि असमिया साहित्य तथा समाजप्रति उनको योगदानलाई स्मरण गरे।

मुख्यमन्त्रीले उनलाई जोनाकी युगका त्रिमूर्तिहरूमध्ये एक तथा आधुनिक असमिया साहित्यका अग्रदूतको रूपमा उल्लेखित गर्दै भने, उनका रचनाहरू केवल पुस्तकहरूसम्म सीमित रहेनन् जबकि उनले असमको सांस्कृतिक चेतनालाई पनि नयाँ दिशा दिए।

डा. सरमाले आफ्नो सोशल मीडिया सन्देशमा भनेका छन्, समाजसेवा तथा जनकल्याणको क्षेत्रमा अगगरवालाको निरन्तर योगदान असमको विकास यात्रामा एक उज्जवल अध्यायको रूपमा सदैव स्मरणीय रहनेछ जसले भावी पिँढ़ीलाई पनि प्रेरित गरिरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande