पुण्यतिथिमा संगीतश्री प्रभात शर्मालाई मुख्यमन्त्रीले गरे नमन्
पुण्यतिथिमा संगीतश्री प्रभात शर्मालाई मुख्यमन्त्रीले गरे नमन्


गुवाहाटी, 02 मार्च, (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले लोकसंगीतका साधक, प्रख्यात बाँसुरी वादक एवं संगीतश्री पण्डित प्रभात शर्माको पुण्यतिथिमा उनलाई श्रद्धापूर्व नमन गरे।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, प्रभात शर्माले ‘पाँचजन्य’ औ ‘देवगन्धार’ जस्ता लोकसंगीत समूहहरूको माध्यमबाट राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरमा असमको सुनाम फैलाए। उनो मधुर बाँसुरी तथा लोक धुनहरूले राज्यो सांस्कृतिक पहिचानलाई नयाँ उचाईँमा पुऱ्यायो तथा संगीतको क्षेत्रमा अमेट छाप छोड़्यो।

डा. सरमाले भने, रंगमञ्चदेखि लिएर सिनेमासम्म उनको समृद्ध योगदानले असमको संगीत जगतलाई समृद्ध पारेको छ। उनको जीवन अनि साधना नयाँ पिँढ़ीका कलाकारहरूको लागि प्रेरणाश्रोत हो। साथै असमले उनलाई सदैव श्रद्धा पूर्वक स्मरण गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande