दुई ट्रकबाट 29,100 बोतल प्रतिबन्धित कफ सिरप जफत, तीन पक्राउ
दुई ट्रकबाट 29,100 बोतल प्रतिबन्धित कफ सिरप जफत, तीन पक्राउ


मालदा, 02 मार्च (हि.स.)। लागूऔषध तस्करहरू विरुद्ध ठूलो कारबाहीमा जिल्लाको गाजोल थाना पुलिसले दुई ट्रकबाट प्रचुर मात्रामा प्रतिबन्धित कफ सिरप जफत गरेको छ। पुलिस अनुसार, गाजोल थानाको इतिहासमा यो एकल कारबाहीमा सबैभन्दा ठूलो जफती हो। यस घटनामा तीन जनालाई पक्राउ गरिएको छ र दुवै ट्रक पनि जफत गरिएको छ।

पुलिस सूत्रहरू अनुसार, अभियुक्तहरूको पहिचान इब्राहिम शेख (31), हसीबुल शेख (34) र सूर्यकान्त कर्मकार (26) को रूपमा गरिएको छ।

प्रारम्भिक सोधपुछको क्रममा अभियुक्तहरूले हावड़ाको एक गोदामबाट बिहारमा कफ सिरप बोकेर लैजाँदै गरेको खुलासा गरे। उनीहरूले डालखोला र पूर्णिया मोड़ हुँदै बिहार प्रवेश गर्ने योजना बनाएका थिए। अभियुक्तहरूलाई सोमवार मालदा जिल्ला अदालतमा पेश गरियो। पुलिसले यस तस्करी गिरोहको जरा पत्तो लगाउन र हावड़ामा सम्बन्धित गोदामको पत्तो लगाउन उनीहरूलाई दश दिनको पुलिस हिरासतमा लिएको छ।

प्राप्त जानकारी अनुसार, आइतवार अबेर राति गुप्त सूचनाको आधारमा राष्ट्रिय राजमार्ग 12 मा रहेको टोल प्लाजा नजिकै पुलिस घात लगाएर बसेको थियो।

दुई शंकास्पद ट्रकहरूलाई रोकेर चालक र सहयोगीहरूलाई सोधपुछ गर्दा उनीहरूको बयान विरोधाभासी पाइयो। त्यसपछि थाना प्रभारी कौशिक ब्यानर्जी र बीडीओ विप्लव कुमार विश्वास (मजिस्ट्रेटको रूपमा) को उपस्थितिमा ट्रकहरूको खोजी गरियो।

खोजीका क्रममा बक्सहरूमा प्याक गरिएका ट्रकहरूबाट कूल 29,100 बोतल प्रतिबन्धित कफ सिरप जफत गरियो। यी मध्ये एउटा ट्रकबाट 14,250 बोतल र अर्को ट्रकबाट 14,850 बोतल जफत गरियो।

यो उल्लेखनीय छ कि यसअघि गाजोल क्षेत्रबाट अधिकत 21 हजार बोतल कफ सिरप जफत गरिएको थियो। त्यसैले 29,100 बोतल जफथ गरिनु पुलिसको लागि महत्वपूर्ण उपलब्धि मानिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande