टिकरीस्थित गोदाममा आगो लाग्यो
टिकरीस्थित गोदाममा आगो लाग्यो


नयाँ दिल्ली, 02 मार्च (हि.स.)। बाहिरी दिल्लीको टिकरी इण्डस्ट्रियल एरियास्थित एक वेयरहाउसमा सोमवार बिहान भीषण आगो लाग्यो। सूचना पाउनसाथ दमकल विभागले घटनास्थलमा पुगेर हतार-हतार राहत अनि बचाउ कार्य शुरू गऱ्यो।

जानकारी अनुसार आगो टिकरी बोर्डर निकट एक औद्योगिक एकाईमा लागेको हो। आगोको झिल्काले हेर्दा-हेर्दै विकराल रूप धारण गऱ्यो अनि सम्पूर्ण भवनलाई आफ्नो चपेटमा लियो।

प्रत्यक्षदर्शीहरू अनुसार आगो द्रूत गतिमा फैलियो जसले गर्दा भित्र रहेका कर्मचारीहरूले आफूलाई सम्हाल्ने पर्याप्त अवसरै पाएनन्। धुँवाको घना मुस्लोले वरपरका क्षेत्रहरूको दृश्यता पनि प्रभावित भयो भने मानिसहरूलाई सास फेर्नु पनि गाह्रो पऱ्यो।

आगोको गम्भीरतालाई मध्यनजर गर्दै दमकल विभागले यसलाई ‘सीरियस क्याटगरी’-मा राख्यो। सूचना पाउनसाथ 24 वटा दमकल वाहनहरूलाई घटनास्थलमा पठायो। साँघुरो गल्ली तथा वेयरहाउसभित्र राखिएको ज्वलनशील पदार्थ आगो निभाउनमा ठूलो बाधा साबित भयो।

फायर अधिकारीहरूले बताए, प्राथमिकता आगोलाई वरपरका अन्य फ्याक्ट्रीहरूमा फैलिनदेखि रोक्नु हो। दमकल कर्मीहरूले आगोलाई नियन्त्रण गर्ने हरसम्भव प्रयास गरिरहेका छन्। केही वरिष्ठ अधिकारीहरूले पनि घटनास्थलमा बसेर स्थितिमाथि निगारनी राखिरहेका छन्।

हाल यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको आधिकारिक पुष्टि भएको छैन, तथापि वेयरहाउसमा राखिएको सबै सामान जलेर खरानी भएको आशंका छ।

प्रारम्भिक जाँचमा आगो शर्ट सर्किटको कारणले लागेको हुनसक्छ। वास्तविक कारण आगो निभाएपछि कुलिंग प्रक्रिया पूरा भएपछि नै स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande