ईरानका सुप्रीम लीडरको कथित हत्याको जवाफमा डोडा जिल्लामा शोक तथा ऐक्यवद्धता दर्शाउँदै स्वतः दोकानहरूलाई बन्द राखियो
ईरानका सुप्रीम लीडरको कथित हत्याको जवाफमा डोडा जिल्लामा शोक तथा ऐक्यवद्धता दर्शाउँदै स्वतः दोकानहरूलाई बन्द राखियो


डोडा, 02 मार्च (हि.स.)। ईरानका सुप्रीम लीडर अयातुल्ला अली खामेनेईको कथित हत्याको जवाफमा डोडा जिल्लामा शोक तथा ऐक्यवद्धता दर्शाउनको लागि स्वतस्फूर्त रूपमा दोकानहरूलाई बन्द राखियो। सीनियर सुप्रिटेन्डेण्ट अफ पुलिस (एस एसपी) सन्दीप मेहताले पुष्टि गरे, केही क्षेत्रहरूमा बजार, स्कूल एवं कलेजहरू सीरत कमिटीको दिशानिर्देशमा बन्द गरिएको थियो।

एसएसपी हताले बल दिएर भने, बन्द आफ्नै खुशीले गरिएको थियो भने कुनै पनि दोकानदार वा नागरिकलाई बन्द गर्नको लागि बाध्य बनाइएको थिएन। उनले भने, हाम्रो पहिलो उद्देश्य कम्युनिटीको भावनालाई सम्मान गर्दै जनताको सुरक्षा व्यवस्थालाई कायम राख्नु हो। केही दोकानहरू खुल्लै थिए भने कतिपयले आफ्नै खुशी वा कम्युनिटीको गाइडेन्समा बन्द राखे।

स्थितिलाई सम्हाल्न अनि कुनै पनि अप्रिय घटनालाई रोक्नको लागि डोडा जिल्लामा सुरक्षाको कड़ा व्यवस्था गरिएको छ। नागरिकहरूसित शान्ति पूर्वक सहयोग गर्ने तथा जिम्मेवारीले काम गर्ने अपील गरिएको छ ताकि पब्लिक अर्डर कायम रहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande