
अजमेर, 02 मार्च (हि.स.)। इजरायल-अमेरिका औ ईरानबीच जारी युद्धरूपी तनाउको प्रभाव अब राजस्थानको धार्मिक पर्यटन स्थल पुष्करमा पनि परेको देखिएको छ। पारम्परिक पर्व ‘पूरीम’ औ होली मनाउनका लागि यहाँ आेका इजरायली पर्यटकहरू आफ्नो देशमा रहेका परिवार तथा आफन्तहरूको सुरक्षालाई लिएर चिन्तित रहेको देखिएको छ। केही पर्यटकरूले लगातार फोनमा आफ्नो परिवारसित सम्पर्क गरेर उनीहरूको अवस्था बारे जानकारी लिरहेका छन्।
इजरायली पर्यटक ईगल जो आफ्नो देशको किबुत्ज क्षेत्रका हुन्,- ले भावुक हुँदै भने, उनको पाँचजना छोरा-छोरी र 14 जना नाता-नातिनीहरू इजरायलमै छन्। युद्ध भएको खबर सुनेर उनीहरूले प्रतिघण्टा परिवारसित बातचित गरेर उनीहरूको सुरक्षाको जानकारी लिरहेका छन्। उनले भने, यो समय उनको परिवारको लागि अत्यन्त कठिन छ।
युद्धको स्थितिबीच गए आइतवार साँझ पुष्कमा उपस्थित विदेशी पर्यटकहरूले विश्वशान्तिको लागि सामूहिक प्रार्थना पनि गरे। इजरायली पर्यटक माइकले भने, उनी भारतमा होली मनाउनको लागि अत्यन्त उत्साहित भएका थिए, तर युद्धको खबरले चिन्ता बढ़ाइदिएको छ। उनले आशा व्यक्त गरे, चाँड़ै नै स्थिति सामान्य हुनेछ अनि शान्ति स्थापना हुनेछ।
मिडल इस्टमा बढ़्दो तनाउको प्रभाव पर्यटन व्यवसायमा पनि परिरहेको छ। पुष्करका वरिष्ठ टुरिस्ट गाइड गिरिराज पाराशर अनुसार क्षेत्रमा फ्लाइट्स क्यान्सल भएको कारणले यसपालि विदेशी पर्यटकहरूको संख्या घटिरेको छ भने नियमित पर्यटकहरूले पनि आफ्नो बुकिंग रद्द गरेा छन्। तथापि वैश्विक तनाउमा पनि पुष्करमा होलीको उत्सव यथावत छ। दुई हजारभन्दा अधिक विदेशी पर्यटकहरू यहाँ आएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा