
पुँछ, 02 मार्च (हि.स.)। जिल्लाको भारत-पाकिस्तान नियन्त्रण रेखामा पाकिस्तानी ड्रोनको बढ़्दो अनुप्रवेशकाक घटनाहरूलाई मध्यनजर गर्दै नियन्त्रण रेखादेखि मात्र 5-6 किलोमीटर टाड़ामा अवस्थित पुँछ नगर तथा वरपरका क्षेत्रहरूमा सुरक्षाको कड़ा व्यवस्था गरिएको छ।
यस्ता घटनाहरूलाई ध्यानमा राखेर गए अबेर रातीदेखि सुरक्षा बलहरूले साझा गश्ती एवं नाका जाँच गरिरहेका छन् जसमा एसओजी, पुलिस एवं सीआरपीएफद्वारा आउने-जाने वाहनहरूको जाँच गर्नको साथै वाहनहरूमा सवार मानिसहरूको पहिचान पत्रको जाँच गरिँदैछ। यसरी जाँच गरिएपछि नै वाहनहरूलाई अगाड़ि बढ़्न दिरहेको छ।
विशेष रूपमा नियन्त्रण रेखा संलग्न क्षेत्रहरू तर्फ आउने-जाने वाहन एवं मानिसहरूको नियालेर जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा