एसआईर प्रक्रियालाई लिएर वामको प्रदर्शन
एसआईर प्रक्रियालाई लिएर वामको प्रदर्शन


सिलगढ़ी, 02 मार्च (हि.स.)। विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियामा कथित रूपमा वैध मतदाताहरूको नाम हटाइएको विरोधमा वामपन्थीहरूले सोमवार सिलगढ़ीमा व्यापक प्रदर्शन गरे।

प्रदर्शनकारीहरूले सिलगढ़ी महकुमा जिल्लाधिकारी कार्यालय बाहिर लगभग 20 मिनटसम्म मुख्य सड़कलाई जाम गरिदिए। पछि प्रशासनलाई ज्ञापन सुम्पिइएपछि अवरोधलाई हटाइयो।

प्रदर्शनकारीहरूको आरोप छ, एसआईआर प्रक्रिया अवधि केही वैध मतदाताहरूको नाम सूचीबाट हटाइएको छ भने अर्कोतिर दस्तावेज जमा गराउने मानिसहरूलाई अनावश्यक समस्याको सामना गर्न परिरहेको छ।

वाम पार्षद सर्देन्दु चक्रवर्तीले भने, जुन मानिसहरूको नाम एसआईार प्रक्रियामा रोकिएको छ, यो एक सुनियोजित षड़यन्त्र प्रतीत भइरहेको छ। चुनाउ आयोगले यस सम्पूर्ण मामिलाको निष्पक्ष जाँच गर्नुपर्छ अनि कुनै राजनीतिक चापमा नपरी निर्णय लिनुपर्छ। उनले यो पनि आरोप लगाए, सिलगढ़ीकी गौरव तथा भारतीय महिला क्रिकेट टीमकी सदस्य ऋचा घोषको नाम समेत ‘विचाराधिन’ श्रेणीमा राखिएको छ। उनले भने, एक अन्तर्राष्ट्रिय स्तरकी खेलाड़ीको नाम यसरी लम्बित रहनु हाम्रो विवेकदेखि परको कुरा हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande