
मुम्बई, 02 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का प्रदेश अध्यक्ष नवनाथ बनले सोमवार मुम्बईमा भने, सञ्जय राउतद्वारा खाड़ी देशहरूमा सृजित जस्तो स्थितिलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई समन्वय स्थापित गर्ने सल्लाह दिनु हाँस्यस्पद छ। उनले भने, राउतले आफ्नो पार्टी तथा महाविकास आघाड़ीको स्थितिमाथि ध्यान दिनुपर्छ।
मुम्बईस्थित प्रदेश पार्टी कार्यालयमा पत्रकारहरूसित बातचित गर्दै नवनाथ बनले भने, प्रधानमन्त्री देश-विदेशका नीतिलाई लिएर पूर्ण रूपमा सजग छन् र परिस्थिति अनुरूप उचित निर्णय लिरहेका छन्। उनले भने, 140 कड़ोर देशवासीहरूलाई प्रधानमन्त्रीको नेतृत्वमाथि पूर्ण विश्वास छ भने संवेदनशील अनि युद्ध जस्तो परिस्थितिमा भारतीयहरूको हित रक्षा गर्ने क्षमता उनमा छ।
उनले भने, यस्तो समयमा प्रधानमन्त्रीलाई सल्लाह दिनको सट्टा सञ्जयले महाविकास आघाड़ीभित्र व्याप्त अव्यवस्थालाई सम्हाल्नेमाथि ध्यान दिनुपर्छ।
उल्लेखनीय छ, आज बिहान सञ्जय राउतले पत्रकार वार्तामा भनेका थिए, खाड़ी देशहरूमा जारी संघर्षको कारणले देशमा चिन्ताको माहोल छ र यस विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशको स्थिति स्पष्ट पार्नुपर्छ। राउतको यसै बयानमाथि भाजपा प्रदेश अध्यक्षले प्रत्याक्रमण गरेका हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा