नक्कली नोटसहित एक आरोपी पक्राउ
नक्कली नोटसहित एक आरोपी पक्राउ


गुवाहाटी, 02 मार्च (हि.स.)। राजधानी गुवाहाटीको पलटन बजार पुलिसले नक्कली नोटको व्यापारमा सामेल एक आरोपीलाई पक्राउ गरेको छ।

पुलिसले सोमवार बताए अनुसार, गुप्त सूचनाको आधारमा थाना क्षेत्रको उलुबारीमा चलाइएको अभियान अवधि नक्कली नोटसहित एक आरोपीलाई पक्राउ गरिएको छ। पक्रा परेको आरोपीको नाम आसिब आलम (23, लखीमपुर) को रूपमा भएको छ।

आरोपीबाट 500 रूपियॉंको 6,80,500 नक्कली नोट, एउटा आइफोन र नगद 620 रूपियॉं जफत गरिएको छ। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरेर पक्रा परेका आरोपीसॅंग सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande