जलपाईगुड़ीको राजगञ्ज ब्लकमा केन्द्रिय बलको रूट मार्च
जलपाईगुड़ीको राजगञ्ज ब्लकमा केन्द्रिय बलको रूट मार्च


जलपाईगुड़ी, 2 मार्च (हि.स)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई लगातार कड़ा बनाइँदैछ। यसै क्रममा जिल्लाको राजगञ्ज विधानसभा क्षेत्रस्थित आमबाड़ी क्षेत्रमा केन्द्रिय सुरक्षा बलहरूले सोमवार फ्ल्याग मार्च (रूट मार्च) गरे। प्रशासन अनुसार निष्पक्ष अनि शान्तिपूर्ण मतदान सुनिश्चित गर्ने उद्देश्यले यो कदम उठाइएको हो।

सोमवार केन्द्रिय बलका जवानहरूले आमबाड़ीको बिजनेस कलनी, सुदामगंज, वोटपाड़ा औ साहेबपाड़ा सहित केही संवेदनशील क्षेत्रहरूमा पैदल मार्च गरे। यस अवधि स्थानीय थाना पुलिस पनि उनीहरूको साथमा थियो।

रूट मार्चमा भोरर आलो थानाका प्रभारी अधिकारी (ओसी) औ अन्य पुलिस अधिकारीहरू सामेल थिए। जवान तथा पुलिस अधिकारीहरूले क्षेत्रमा कानून-व्यवस्थाको स्थितिको जायजा लिए अनि स्थानीय मानिसहरूसित सम्वाद गरेर उनीहरूलाई भरोसा दिलाए कि चुनाउ अवधि सुरक्षाको पुख्ता व्यवस्था गरिनेछ।

प्रशासनिक सूत्र मुताविक चुनाउ नजिकिँदै गएपछि संवेदनशील क्षेत्रहरूमा निगरानी तथा गस्ती बढ़ाइएको छ ताकि मतदातान भयरहित आफ्नो मताधिकार प्रयोग गर्न सकुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande