
जलपाईगुड़ी, 02 मार्च (हि. स.)। शहरको चार नम्बर घुम्ती क्षेत्रमा सोमवार बिहान भयानक आगो लाग्यो जसमा एउटा स्टेशनरीको दोकान जलेर खरानी भयो। दुर्घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचियो। तथापि कुनै पनि प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन।
स्थानीय मानिसहरू अनुसार बिहान बन्द दोकानभित्रबाट अचानक कालो धुँवा निक्लिरहेको देखियो। वरपरका मानिसहरूले तत्कालै दमकल विभागलाई सूचना दिए। दमकल विभागको टीमले घटनास्थलमा पुग्यो अनि कड़ा परिश्रम गरेर आगोलाई निभायो।
प्राथमिक जाँचमा शर्ट सर्किटले आगो लागेको हुनसक्ने आशंका व्यक्त गरिएको छ। दोकान मालिकको भनाइ छ, आगलागीमा दोकानका सबै सामानहरू जलेर नष्ट भएको छ जसले गर्दा दुई लाखभन्दा अधिक रुपियाँको नोक्सान भएको छ।
पुलिस र दमकल विभागले आगलागीको सठीक कारण पत्तो लगाउन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा