'परिवर्तन यात्रा' -मा जानेहरूलाई धम्क्याएको आरोप, सुकान्तले तृणमूललाई गरे लक्षित
'परिवर्तन यात्रा' -मा जानेहरूलाई धम्क्याएको आरोप, सुकान्तले तृणमूललाई गरे लक्षित


कोलकाता, 2 मार्च (हि.स.)। केन्द्रिय शिक्षा राज्य मन्त्री डा. सुकान्त मजुमदारले तृणमूल कंग्रेस (टीएमसी)-माथि गम्भीर आरोप लगाउँदै भनेका छन्, पार्टीले आफ्नो व्हाट्सएप ग्रुपमा भाजपाका समर्थकहरूलाई लक्षित गर्ने कुत्सित षड़यन्त्र रचिरहेको छ।।मथुरापुर संगठनिक जिल्लामा आयोजित गृहमन्त्री अमित शाहको 'परिवर्तन यात्रा' सभामा सामेल हुने भाजपा कार्यकर्ता अनि समर्थकहरूलाई युवा साथी योजना तथा लक्ष्मी भण्डार योजना जस्ता सरकारी सुविधाहरू रद्द गरिदिने धम्की दिइरहेको छ।

डा. मजुमदारले सोशल मीडिया प्लेटफर्म एक्समा सोमवार बिहान व्हाट्सएप च्याटको स्क्रीनशट पनि शेयर गरे जसमा यस किसिमको धम्की दिइएको छ। उनले टीएमसीको यस कथित षड़यन्त्रलाई 'समाज विरोधी, निच औ प्रतिशोधपूर्ण मानसिकता'-को संज्ञा दिए। उनले दाबी गरे, टीएमसीले स्थानीय बूथ नेतृत्वलाई निर्देश दिएको छ कि यस्ता मानिसहरूलाई चिन्हित गरी भविष्यको लागि लक्षित गरियोस्। यो खुलासाले ग्रामीण क्षेत्रमा फैलाएको भय अनि आतंकको माहोललाई उजागार गर्दछ जहाँ लोकतान्त्रिक अधिकारहरूमाथि हमला भइरहेको छ।

मन्त्रीले भने, यस्ता धम्की तथा राजनीतिक प्रतिशोधले ग्रामीम स्तरमा डर फैलाइरहेको छ। उनले बंगालका परिश्रमी मानिसहरूलाई यस 'निन्दनीय राजनीतिक प्रतिशोध'को उचित जवाफ दिने आह्वान गर्दै सबै प्रमाणहरूलाई संग्रह गरेर राख्ने सुझाउ दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande