
कुचबिहार, 02 मार्च (हि. स.)। जिल्लाको मेखलीगञ्जस्थित वोटबाड़ी क्षेत्रमा सोमवार एक जना पूर्व पञ्चायत प्रधानको तलाउबाट रहस्यमय ढंगमा दुई वटा टोटो (ई-रिक्शा) जफत गरियो। घटनापछि क्षेत्रमा व्यापक भीड़ थुप्रियो।
जानकारी अनुसार वोटबाड़ीका पूर्व प्रधान मृत्युञ्जय सिंह सरकारको तालाउको पानीभित्र दुई वटा टोटो रहेको थाहा लाग्यो।
मृत्युञ्जय सिंहले बताए, पछिल्लो केही दिनदेखिको तलाउमा केही तैरिरहेको देखिएको थियो। टाड़ाबाट हेर्दा प्लास्टिक वा तिरपाल फालेको जस्तो देखिन्थ्यो। सोमवार बिहान एक जना व्यक्ति तलाउमा रहेको प्लास्टिक वा तिरपालजन्य वस्तुलाई हेर्न तलाउभित्र पस्यो। तर त्यो वस्तु टोटोको छानो थियो। जाँच गर्दा पानीभित्र टोटो डुबेको भेटियो। केही समयसम्म खोजतलास गर्दा त्यसको छेउमा अर्को टोटो पनि भेटियो।
सूचना पाएर मेखलीगञ्ज थाना पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। पूर्व प्रधानको अनुमान छ, केही अज्ञात मानिसहरूले केही दिनअघि टोटोलाई तलाउमा डुबाएर भागे।
प्रश्न उठिरहेको छ, के यी दुई टोटो चोरीका थिए? के कुनै आपराधिक घटनापछि प्रमाण मेटाउनको लागि यसलाई पानीभित्र लुकाएर राखिएको थियो?
पुलिसले स्थानीय मानिसहरू अनि क्रेनको सहयोगमा दुवै टोटोलाई तलाउबाट बाहिर निकाल्यो। टोटोको नम्बर प्लेट र इञ्जिन नम्बर जाँच गरेर मालिकको पत्तो लगाउने प्रक्रिया शुरू गरिएको छ। पुलिसले आशंका व्यक्त गरेको छ, यस मामिलामा कुनै ठूलो गिरोहको हात हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा