
कोलकाता, 02 मार्च (हि.स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउका तयारीहरूबीच पूर्व बर्धमानमा चुनाउ ड्यूटीको लागि आएका केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ)- का एकजना अधिकारीको मृत्यु भयो। जानकारी अनुसार मृतकको नाम नगरेन्द्र सिंह हो।
सूत्र अनुसार नगरेन्द्र सिंह गए आइतवार साँंझ अचानक अस्वस्थ भए जसले गर्दा उनलाई राती लगभग नौ बजे बर्धमान मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ उनको मृत्यु भयो। नगरेन्द्र सिंह सीआरपीएफको सब-इन्स्पेक्टर पदमा कार्यरत थिए जो बिहारको वैशाली जिल्लाको सराई थाना क्षेत्रका निवासी थिए। उनी जमुईमा सीआरपीएफको 215 नम्बर बटालियनमा तैनाथ थिए।
मृत्युको कारण अहिले स्पष्ट हुन सकेको छैन। प्रारम्भिक जानकारी अनुसार उनी क्याम्पै अस्वस्थ भएका थिए, तर के यो सामान्य स्वास्थ्य समस्या थिवो वा कुनै अन्य कारणले उनको मृत्यु भएको हो। उनको परिवारलाई यस दुःखदायी घटनाको सूचना दिइएको छ।
राज्यमा विधानसभा चुनाउ नजिकै भएको कारणले केन्द्रिय बलहरूलाई अगावै तैनाथ गरिसकिएको छ। बर्धमानमा पनि केन्द्रिय बलको एक कम्पनीलाई तैनाथ गरिएको थियो जसले रूट मार्च अनि जनसम्पर्क अभियानलाई जारी राखेको छ। यस घटनाको कारणले क्षेत्रमा शोक व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा