
कोलकाता, 02 मार्च (हि.स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउका तैयारीहरूको समीक्षा गर्नको लागि सोमवार चुनाउ आयोगको एक प्रतिनिधि टीमले बैठक गऱ्यो। बैठकमा सीनियर डेप्युटी इलेक्शन कमिश्नर, डेप्युटी इलेक्शन कमिश्नर औ आयोगका अन्य वरिष्ठ अधिकारीगण उपस्थित थिए।
प्रतिनिधि टीमले भीडियो कन्फ्रेन्सको माध्यमबाट राज्यको पुलिस, प्रशासन, मुख्य निर्वाचन अधिकारी, राज्य पुलिसको नोडल अधिकारी, केन्द्रिय बलहरूका नोडल अधिकारी तथा विभिन्न प्रवर्तन एजेन्सीहरूका नोडल अधिकारीहरूको साथमा चरणबद्ध बैठकहरू गऱ्यो।
बैठक राज्यको मुख्य निर्वाचन अधिकारी कार्यालयमा आयोजना गरिएको थियो जसमा मुख्य निर्वाचन अधिकारी मनोज कुमार अग्रवाल, राज्यका विशेष पर्यवेक्षक सुब्रत गुप्ता, अतिरिक्त मुख्य निर्वाचन अधिकारी दिव्येन्दु दास, अरिन्दम नियोगी, राज्य पुलिसको नोडल अधिकारी आनन्द कुमार औ अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
बैठकको उद्देश्य राज्यमा चुनावी तैयारी, सुरक्षा व्यवस्था औ सबै सम्बन्धित एजेन्सीहरूको समन्वयको समीक्षा गर्नुथियो ताकि शान्तिपूर्ण एवं व्यवस्थित मतदान सुनिश्चित गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा