बेबियाना गुरुङले राष्ट्रिय कराटे च्याम्पियनशिपमा जितिन् कांस्य पदक
बेबियाना गुरुङले राष्ट्रिय कराटे च्याम्पियनशिपमा जितिन् कांस्य पदक


गान्तोक, 02 मार्च (हि.स.)। सिक्किमकी बेबियाना गुरुङले पॉंचौं कियो नेशनल कराटे च्याम्पियनशिप (अन्डर-21 र वरिष्ठ पुरुष एवं महिला) मा उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक आफ्नो नाम गरेकी छन्। उक्त च्याम्पियनशिप नयॉं दिल्लीको तालकटोरा इन्डोर स्टेडियममा 26 फरवरीदेखि 1 मार्चसम्म भएको थियो।

सिक्किम स्टेट कराटे डू एसोसिएशनले बेबियाना गुरुङको यस उपलब्धीमा हर्ष व्यक्त गर्दै बधाई दिएको छ। उनले च्याम्पियनशिपको एकल वरिष्ठ महिला काता श्रेणीमा कांस्य पदक जितेकी छन्। काता श्रेणीमा कांस्य पदक जित्ने उनी सिक्किमकी पहिलो प्रतिभागी बनेकी छन्, यस कारण पनि यो जित महत्त्वपूर्ण रहेको एसोसिएशनले बताएको छ।

प्रशिक्षक बिनम गुरुङको अगुवाईमा यस प्रतियोगितामा तीन प्रतियोगीले भाग लिएका थिए। प्रतिभागीहरूमा ​बेबियाना गुरुङका साथै दिवाकर छेत्री र अनुरोध राई सामेल थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande