
गान्तोक, 02 मार्च (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले बुम-चू पर्वको पावन अवसरमा सिक्किमवासीहरूलाई हार्दिक शुभकामना दिॅंदै प्रत्येक घरमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
राज्यपालले आफ्नो सन्देशमा भने, 'बुम-चू पर्व केवल एक धार्मिक अनुष्ठान होइन, यो हाम्रो प्रदेशको अद्वितीय संस्कृति, आस्था र परम्पराको प्रतीक हो। टाशीडिङ गुम्पामा सुरक्षित पवित्र कलशबाट प्राप्त जलले शान्ति, समृद्धि र सद्भावको सन्देश दिन्छ।'
गुरु पद्मसम्भवको आध्यात्मिक धरोहरको स्मरण गर्दै राज्यपालले भने, 'यो पर्वले हामीलाई आत्मिक शान्ति, आपसी सहयोग र एकताको मूल्यको बोध गराउॅंछ। यो पावन परम्पराले सिक्किमवासीहरूलाई आफ्नो सांस्कृतिक जरासॅंग जोडिरहन र भावी पुस्तालाई आध्यात्मिक मूल्यहरूको संरक्षण एवं संवर्धनको प्रेरणा दिन्छ।'
राज्यपालले आफ्नो सांस्कृतिक धरोहरको संरक्षण गर्दै यसलाई अगाडि बढाउने संकल्प लिन आह्वान गरेका छन्। बुम-चूको पावन पर्वले प्रत्येक घरमा सुख, शान्ति र समृद्धिको सञ्चार गरोस् तथा समाजमा प्रेम र भाइचारालाई अझ सुदृढ़ बनाओस् भनी कामना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल