नेपालको प्रतिनिधिसभाका सदस्यहरूलाई शपथग्रहण समारोहमा परम्परागत वेशभूषामा उपस्थित हुन आग्रह
संघीय संसद सचिवालय


काठमाडौं, २० मार्च (हि.स.)। संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण समारोह सम्बन्धमा एक अधिसूचना जारी गरेको छ। यस अनुसार, शपथग्रहण समारोह २६ मार्चका दिन दिउँसो २ बजी शुरु हुनेछ। सबै नवनिर्वाचित सांसदहरूलाई आफ्नो सांस्कृतिक तथा परम्परागत वेशभूषामा शपथग्रहण समारोहमा उपस्थित हुन आग्रह गरिएको छ।सचिवालयले सबै नवनिर्वाचित सांसदहरूलाई सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाहलमा दिउँसो २ बजी आयोजित समारोहमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ। सांसदहरूलाई समारोह शुरु हुनुभन्दा कम्तीमा दुई घण्टा अगाडि नै स्थलमा पुग्नु पर्ने निर्देशन दिइएको छ। सचिवालयले सांसदहरूलाई निर्वाचन आयोग नेपालले जारी गरेको प्रमाणपत्रसहित समारोहमा उपस्थित हुन् पनि अनुरोध गरिएको छ। यसबाहेक नेपाली नागरिकताको प्रमाणपत्र र दुई पासपोर्ट साइज फोटोसहित आउनु पर्ने बताइएको छ।संसद सचिवालयले सबै नवनिर्वाचित सांसदहरूसँग शपथग्रहणको समयमा आफ्नो आफ्नो मातृभाषालाई प्राथमिकता दिन आग्रह गरेको छ। सूचनामा सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिन चाहन्छन् भने शपथग्रहण समारोहभन्दा तीन दिन अगाडिसम्म यसको जानकारी दिन सक्ने बताइएको छ ताकि शपथपत्रलाई उनीहरूको मातृभाषामा अनुवाद गर्न सकियोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande