अमेरिकाले दियो इरानी तेलमाथिको प्रतिबन्ध हटाउने संकेत
अमेरिकाले दियो इरानी तेलमाथिको प्रतिबन्ध हटाउने संकेत


वाशिङ्गटन/दुबई, २० मार्च (हि.स.)। अमेरिका-इजरायलका आक्रमणको प्रत्युत्तरमा इरानले खाडी देशहरूका ऊर्जा केन्द्रहरूलाई क्रमिक रूपमा निशाना बनाएपछि व्यापक हलचल मच्चिएको छ। यसले काँचो तेलको मूल्य र विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको छ। कतारको रास लफान औद्योगिक शहरमा भएको इरानी आक्रमणपछि वाशिङ्गटन आफ्नो रणनीति परिवर्तन गर्न बाध्य भएको देखिएको छ। अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध हटाउने संकेत दिएको छ।

‘द वाशिङ्गटन पोस्ट’ को रिपोर्टअनुसार, यस तनाउपूर्ण अवस्थाबीच अमेरिका प्रतिबन्धमा केही ढील दिने विषयमा विचार गरिरहेको छ। ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले भने, ट्रम्प प्रशासनले पहिले नै जहाजहरूमा लोड भइसकेको इरानी तेलमाथिको प्रतिबन्ध हटाउन सक्छ। यसको कारण फारस खाडी क्षेत्रमा ऊर्जा पूर्वाधारमाथि इरानका बढ्दो आक्रमणले ठूलो ऊर्जा संकटको संकेत दिन थालेको हो।

यद्यपि, रास लफान औद्योगिक शहरमा आक्रमण भएपछि ट्रम्पले चेतावनी दिएका छन् कि यदि इरानले फेरि कतारमाथि आक्रमण गर्‍यो भने अमेरिकाले इरानको साउथ पार्स ग्यास भण्डारलाई ध्वस्त पार्नेछ।

उल्लेखनीय छ, रास लफान औद्योगिक शहरमा विश्वकै सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) सुविधा रहेको छ।

ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले भनेका छन्, ट्रम्प प्रशासन करिब १४० मिलियन ब्यारल इरानी तेलमाथिको प्रतिबन्ध हटाउन सक्छ, जुन पहिले नै जहाजहरूमा लोड भइसकेको छ। अमेरिकाले यसअघि पनि रूसी तेलको मामिलामा पनि यस्तै कदम चालिसकेको छ।

प्रशासनका अनुसार, यस निर्णयले इरानले पहिले नै चीनलाई सहुलियत दरमा बेचिरहेको काँचो तेलको मार्ग मात्र परिवर्तन गर्नेछ, जसले अब बजार मूल्यमा एशियाका अन्य देशहरूमा पनि बिक्री हुन सक्नेछ। बेसेन्टले स्वीकार गरेका छन् कि यदि अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध हटायो भने यसको मूल्य बजार दरसम्म पुग्नेछ र चीनबाहेक अन्य देशहरूमा पनि बिक्री हुने सम्भावना छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande