हिन्द महासागरमा अमेरिकी सैन्य अड्डा डिएगो गार्सियामा इरानद्वारा मिसाइल प्रहार
हिन्द महासागरमा अमेरिकी सैन्य अड्डा डिएगो गार्सियामा इरानद्वारा मिसाइल प्रहार


तेहरान, २१ मार्च (हि.स.)। इरानले हिन्द महासागरमा रहेको अमेरिका र बेलायतको संयुक्त सैन्य अड्डा डिएगो गार्सियामा आक्रमण गरेको छ। इरानले उक्त अड्डातर्फ मध्यम दूरीका दुई मिसाइल प्रहार गरेको जनाएको छ। तर यी मिसाइलहरूले अड्डालाई क्षति पुर्याउन नसकेको र कुनै नोक्सानी नभएको दाबी गरिएको छ।

समाचार अनुसार, इरानले प्रहार गरेका बैलिस्टिक मिसाइलमध्ये एउटा उडानकै क्रममा असफल भयो भने अर्को मिसाइललाई अमेरिकी एसएम-3 मिसाइल रक्षा प्रणालीले आकाशमै अवरोध गरेको थियो। यस कारण कुनै पनि मिसाइल अड्डामा खसेन। यद्यपि, यस आक्रमणले इरानको मिसाइल क्षमताबारे नयाँ बहस शुरु गराएको छ। इरानबाट डिएगो गार्सियासम्मको दूरी करिब ३,७९५ देखि ४,११८ किलोमिटर रहेको छ, जुन इरानको ज्ञात मिसाइल क्षमताभन्दा बढी दूरी मानिन्छ।

हिन्द महासागरको बीचमा अवस्थित डिएगो गार्सिया सानो द्वीप भए पनि यसको रणनीतिक महत्त्व अत्यन्त ठूलो छ। यो चागोस द्वीपसमूह को भाग हो र अफ्रिका, मध्य पूर्व तथा एशियाको बीचमा पर्दछ।

यस अड्डामा अमेरिका र बेलायतको महत्वपूर्ण संयुक्त सैन्य केन्द्र रहेको छ, जहाँ बमवर्षक विमान, नौसैनिक साधन तथा लामो दूरीसम्म आक्रमण गर्न सक्ने क्षमताहरू तैनाथ छन्। यसको सञ्चालन मुख्य रूपमा अमेरिकाले गर्छ र अफ्रिका, मध्य पूर्व तथा एशियामा हुने हवाई तथा नौसैनिक कारबाहीका लागि यो प्रमुख केन्द्र हो।

उल्लेखनीय छ, अमेरिकाले यही अड्डाबाट खाडी युद्ध र इराक युद्ध सञ्चालन गरेको थियो। अहिले इरानसँगको तनावमा पनि यो अड्डा महत्वपूर्ण केन्द्र बन्दै गएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande