भारतले जूनमा आयरल्यान्ड भ्रमण गर्ने, २ टी-२० खेलको सिरिज खेल्ने
भारतीय टोली


नयाँ दिल्ली, २१ मार्च (हि.स.)। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले घोषणा गरेको छ, ट्वेन्टी-२० विश्वकप विजेता भारतीय टोली जून महिनामा आयरल्यान्ड भ्रमणमा जानेछ, जहाँ दुवै टोलीबीच दुई खेलको टी२० सिरिज खेलिनेछ।

यो सिरिज विश्वकप जितपछि भारतको पहिलो टी-२० श्रृंखला हुनेछ। भारतले ८ मार्चमा अहमदाबादमा न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै उपाधि जितेको थियो।

भारतले पछिल्ला ८ वर्षमा (२०१८, २०२२ र २०२३) तीन पटक आयरल्यान्ड भ्रमण गरिसकेको छ। साथै, २००७ पछि पहिलो पटक भारतीय टोली बेलफास्टमा खेल्नेछ।

अर्कोतर्फ, आयरल्यान्डका लागि यो भ्रमण उसको व्यस्त २०२६ कार्यक्रमको हिस्सा हो। उसले न्यूजिल्याण्डविरुद्ध एक टेस्ट खेल र अफगानिस्तानविरुद्ध पाँच एकदिवसीय खेल पनि खेल्नेछ।

भारत बनाम आयरल्यान्ड टी-२० सिरिज तालिका:

पहिलो टी-२० खेल: २६ जून, दिउँसो ३:०० बजी (स्थानीय समय)

दोस्रो टी-२० खेल: २८ जून, दिउँसो ३:०० बजी (स्थानीय समय)

दुवै खेल बेलफास्टस्थित स्टोर्मोन्ट क्रिकेट मैदानमा खेलिनेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande