
इम्फाल, 27 मार्च (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले गए बिहिवार विभिन्न अभियानहरूको क्रममा हतियार तथा विस्फोटकहरूको भण्डार नै जफत गरियो। साथै एक जना उग्रवादी संगठनका सक्रिय सदस्य सहित तीन जना मानिसहरूलाई पक्राउ गरिएको छ।
मणिपुर पुलिस मुख्यालयद्वारा शुक्रवार दिइएको आधिकारिक जानकारी अनुसार इम्फाल पूर्व जिल्लाको याइंगांगपोकपी थाना अधिनस्थ तुइनोमजांग औ सनासाबीको वन क्षेत्रमा संचालित खोजी अभियानमा सुरक्षा बलहरूले भारी मात्रामा हतियार तथा अन्य सामग्रीहरू जफत गरे। जफत गरिएका सामग्रीहरूमा एउटा .22 पेस्तोल म्यागजिन सहित, एउटा .22 राइफल, एउटा देशी कार्बाइन, एउटा पोम्पी गन (बाइपोड सहित), एउटा देशी सिंगल ब्यारल गन सामेल छन्।
यस अतिरिक्त एउटा क्यामोफ्लाज बुलेटप्रूफ ज्याकेट प्लेट्स सहित एउटा बाओफेंग वकी-टकी, एउटा 51 मिमी मोर्टार हाई-एक्सप्लोसिभ बम, .22 -को 10 राउण्ड जिउँदो कारतूस तथा एउटा खाली एसएलआर म्यागजिन पनि जफत गरियो।
अर्को कारबाहीमा सुरक्षा बलहरूले आरपीएफ/पीएलएका क्याडर सेराम चिंगलोइबा मैतेई उपनाम टोमेई उपनाम टम (27)-लाई इम्फाल पूर्व जिल्लाको लमलाई थाना अन्तर्गत खुराई अंगोम मणिंग लाइकाईस्थित निजी आवासबाट पक्राउ गरे।
यसै क्रममा विष्णुपुर जिल्लाको नंबोल थाना अन्तर्गत मैत्राम क्षेत्रबाट दुईजना मानिसहरूलाई पक्राउ गरियो जसको पहिचान कासिमथाई रोंगमेई (32), निवासी लुआंगचुंग पार्ट-1, नोनी जिल्ला तथा गैखुलुआनलुंग रुआंगमेई (46), निवासी खोंगशांग, नोनी जिल्लाको रूपमा भएको छ। पक्रा पर्ने मानिसहरूबाट एउटा चार चक्के वाहन, लगभग 1.7 किलोग्राम हेरोइनले भरिएको नम्बर-4 को 150 वटा साबुन केस तथा पाँच वटा मोबाइल फोन जफत गरिएको छ। यी सबै मामिलाहरूमा जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा