
दक्षिण 24 परगना, 27 मार्च (हि.स.)। राज्यमा चुनावी गतिविधीबीच दक्षिण 24 परगनाको बासन्तीमा पुलिसमाथि भएको आक्रमणको सम्बन्धमा बिहिवार साँझसम्म आठ जनालाई पक्राउ गरिएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै निर्वाचन आयोगले राज्यका पुलिस महानिदेशक (डीजीपी) बाट विस्तृत रिपोर्ट मागेको छ। भाजपा उम्मेदवार विकास सरदार उक्त क्षेत्रमा प्रचार गरिरहेको बेला हिंसा भएको थियो। आक्रमणकारीहरूको एउटा समूहले अचानक बाँसको लाठीले आक्रमण गऱ्यो। स्थिति नियन्त्रण गर्न पुगेको पुलिस टोलीमाथि पनि आक्रमण भयो।
आक्रमणमा सब-इन्स्पेक्टर सौरभ गम्भीर घाइते भए। उनलाई खेदाएर कुटियो र सड़कमा लड़ेपछि उनको टाउकोमा हमला गरियो, जस कारण उनलाई अस्पताल भर्ती गर्नुपऱ्यो। अन्य पाँच जना हवल्दार पनि घाइते भएका छन्। अवस्था बिग्रँदै जाँदा क्यानिङ, बासन्ती र गोसाबा कोस्टल थानाहरूबाट थप पुलिस बल बोलाइयो। एडिशनल एसपी पनि घटनास्थलमा पुगे र त्यसपछि केन्द्रिय बल तैनाथ गरियो।
निर्वाचन आयोगले यस पूरा घटनाक्रममा कड़ा अड़ान लिएको छ र धेरै प्रश्नहरू उठाएको छ। आयोगले केन्द्रिय बल तैनाथीमा किन ढिलाइ भयो, किन केवल दुई खण्डहरू तैनाथ गरियो र गुप्तचर जानकारी कसरी गलत थियो भनेर सोधेको छ। यी सबै बिँन्दूहरूमा डीजीपीबाट जवाफ मागिएको छ।
भाजपाले पक्रा परेका सबै अभियुक्तहरू तृणमूल कांग्रेससँग सम्बन्धित रहेको आरोप लगाएको छ। यसैबीच तृणमूल कांग्रेसले चुनाउको समय पुलिस पूर्ण रूपमा आयोगको नियन्त्रणमा रहेको र त्यसैले कुनै पनि घटनाको जिम्मेवारी आयोगले लिनुपर्ने दाबी गरेको छ। सबैको नजर अब राज्य पुलिस प्रशासनले निर्वाचन आयोगलाई के जवाफ दिनेछ र यस विषयमा के-कस्तो कारबाही हुनेछ त्यसमाथि रहको छ।
हिन्दुस्थान समाचार / भवानी थामी