द्रूत गतिको कारको ठक्करले व्यक्तिको मृत्यु
द्रूत गतिको कारको ठक्करले व्यक्तिको मृत्यु


पश्चिम मेदिनीपुर, 27 मार्च (हि. स.)। जिल्लाको बेलदा थाना अधिनस्थ श्यामपुरा क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एक जना व्यक्तिको मृत्यु भयो। यो दुर्घटना खड़गपुर–बालेश्वर 16 नम्बर राष्ट्रिय राजमार्गमा गए बिहिवार राति भएको हो। पुलिसले बताए अनुसार मृतकको पहिचान उत्तर प्रदेशको मधुबनी जिल्ला निवासी महेश रामको रूपमा भएको छ जो कामको सिलसिलामा लामो समयदेखिकै बेलदा (पश्चिम मेदिनीपुर) -को श्यामपुरा क्षेत्रमा बस्दै आइरहेका थिए।

स्थानीय सूत्र अनुसार खड़गपुर तिरबाट ओडिशातर्फ गइरहेको एक प्राइभेट कार द्रूत गतिमा अनियन्त्रित भएर श्यामपुर क्षेत्रस्थित राष्ट्रिमा राजमार्गमा रहेका एक जना व्यक्तिलाई भयानक ठक्कर दियो। यस भयानक ठक्करको कारण व्यक्तिको घटनास्थलमै मृत्यु भयो।

सूचना पाएर घटनास्थलमा पुगेको बेलदा थानाकोपुलिसलले शवलाई कब्जामा लिएर पोस्टमार्टम गर्नको लागि पठाइदियो।

-

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande