
गढ़वा, 27 मार्च (हि.स.)। झारखण्डको गढ़वा जिल्लाको रामकाण्डा थाना क्षेत्रमा बिहिवार राति महाअष्टमीको दिन निकालिएको जुलूसमा ढुङ्गामुड़ा गरिएपछि स्थिति तनावपूर्ण बनेको छ। घटनामा छह जना पुलिस र धेरै नागरिक घाइते भएका छन्। पुलिसले 12 भन्दा बढ़ी मोटरसाइकल जफत गरेको छ। सम्पूर्ण क्षेत्रलाई पुलिस छाउनीमा परिणत गरिएको छ।
पलामुका डीआईजी कौशल किशोर र गढ़वाका एसपी अमन कुमारले घटनास्थलको निरीक्षण गरे।
एक समुदायको आरोप छ कि एक विशेष समुदायका सदस्यहरूले कौआखोह शिव मञ्च नजिकै जुलूसलाई अगाड़ी बढ्नबाट रोके। डीआईजीले रामनवमीको पूर्वसन्ध्यामा पुलिस सुरक्षामा जुलूस निकालिएको बताए। जुलूसमा ढुङ्गामुड़ा गरियो। भीड़लाई तितरबितर गर्न पुलिसले हल्का बल प्रयोग गऱ्यो र अश्रुग्यास छोड़ियो। हाल स्थिति नियन्त्रणमा छ। उनले भने, दोषीहरू विरुद्ध कड़ा कारबाही गरिनेछ। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।
गढ़वाका एसपी अमन कुमारले जुलूसलाई लिएर दुई समुदायबीच विवाद भएको बताए। बुधवार पनि सानो झगड़ा भएको थियो। त्यसपछि दुवै समुदाय जुलूस अगाड़ी बढ़ाउन सहमत भए। तर केही व्यक्तिहरूले अचानक जुलूस रोकेपछि स्थिति तनावपूर्ण भयो। घटनास्थलमा पर्याप्त संख्यामा पुलिस बल तैनाथ गरिएको छ।
पुलिसले घटनाको सम्बन्धमा 19 जनालाई पक्राउ गरेको छ। जसमध्ये 13 जना मुस्लिम पक्षका र 6 जना हिन्दू पक्षका रहेको बताइएको छ। 18 वटा मोटरसाइकल र 9 वटा मोबाइल फोन जफत गरिएको छ। पुलिसले दुवै पक्ष विरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता गरेको छ। अन्य शंकास्पद व्यक्तिलाई पहिचान गरी पक्राउ गर्ने प्रयास भइरहेको छ। यसका साथै थाना प्रभारीलाई लाइन हाजिरी गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी