
कछार (असम), 27 मार्च (हि.स.)। सिलचरमा पुलिस तथा असम राइफल्सको संयुक्त अभियानमा एकज ना नाइजीरियाली नागरिकलाई पक्राउ गरिएको छ। पुलिसले शुक्रवार बतायो, उक्त विदेशी नागरिकलाई शरण दिएको आरोपमा अन्य चार जना मानिसहरूलाई पनि हिरासतमा लिइएको छ।
पुलिस अनुसार विशेष सूचनाको आधारमा सिलचरको शिलंग पट्टी क्षेत्रमा घुमिरहेका उक्त संदिग्ध विदेशी नागरिकलाई पक्राउ गरियो जसको पहिचान एमेका एसेडोको रूपमा भएको छ।
अपराध शाखाका अतिरिक्त पुलिस अधीक्षक रजत पालले मीडियालाई बताए, आरोपीसित भारतमा प्रवेश गर्ने वा यहाँ बस्नको लागि कुनै वैध दस्तावेज थिएन जसले गर्दा उसलाई पक्राउ गरिएको हो। सन्देहको आधारमा पुलिसले मालुग्राम स्थित एउटा भाड़ाको घरमा खोजी गऱ्यो जहाँबाट एउटा पहिचान पत्र र समाप्त भइसकेको भिजा जफत गरियो। तथापि पहिचान पत्र असल्ली हो वा नक्कली, यसको पुष्टि अहिले हुन नसके पनि त्यसमा एमेका एसेडोको नाम अंकित छ।
प्रारम्भिक जाँचबुझमा आरोपीले दाबी गऱ्यो, उ दिल्लीबाट सिलचर आएको थियो। तर पुलिसले शंका व्यक्त गरेको छ, उ म्यान्मारदेखि मिजोरमको बाटो भएर भारतमा प्रवेश गरेर सिलचर आइपुगेको हुनसक्छ।
जाँचमा यो पनि खुलासा भएको छ, उ मालुगराम क्षेत्र स्थित एउटा भाड़ाको घरमा बस्दै आएको थियो। यस मामिलामा पुलिसले मिजो महिल मालसावमी डांगी, घर मालिक टिंकु हुसैन बरभुइयाँ तथा उनकी पत्नी रुमिना बेगम बरभुइँयालाई पनि हिरासतमा लिइएको छ।
हाल यो स्पष्ट हुन सकेको छैन, विदेशी नागरिक सिलचरमा गुप्त रूपमा बसिरहेको थियो वा कसैको सहयोगले यहाँ आएको थियो। उ यहाँ आउनुको उद्देश्य पत्तो लगाउन जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा