नेपालका पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
दीपक खड्का


काठमाण्डौ, २९ मार्च (हि.स.)। नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई आज बिहान पुलिसले पक्राउ गरेको छ। खड्का ओली सरकारमा ऊर्जा मन्त्री थिए। उनीको पक्राउको पुष्टि केन्द्रिय अनुसन्धान ब्यूरोले गरेको छ। एउटा पुरानो जग्गामा अवैध कब्जाको मुद्दामा खड्काको पक्राउ भएको हो।

नेपाल पुलिसको केन्द्रिय अनुसन्धान ब्यूरोले खड्कालाई उनको निवासबाट पक्राउ गरेको छ। उनको विरुद्ध मनी लान्ड्रिङको पनि अनुसन्धान चलिरहेको छ। जेन जी प्रदर्शनको समयमा दीपक खड्काको घरबाट ठूलो परिमाणमा रकम बरामद भएको थियो। खड्का पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका नजिकका व्यक्ति हुन् र ओलीको सरकारमा ऊर्जा मन्त्री थिए। उनी देउवाकी पत्नी डा. आरजु रानाको बिजनेस पार्टनर पनि हुन्। काठमाण्डौको बूढानीलकण्ठमा उनको एउटा फाइभ स्टार रिसोर्ट पनि छ। यसको व्यवस्थापन हलिडे इन ग्रुपले गर्छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande