
नयाँ दिल्ली, २९ मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको पोरबन्दरमा आयोजित भइरहेको माधवपुर मेलाको अवसरमा देशवासीलाई शुभकामना दिएका छन्। उनले भने, यो उत्सव भारतको समृद्ध संस्कृतिलाई प्रदर्शित गर्दछ र गुजरात तथा पूर्वोत्तरबीच सांस्कृतिक सम्बन्धहरूलाई मजबुत बनाउँछ।
प्रधानमन्त्रीले सोसल मिडिया प्लेटफर्म एक्समा आफ्नो सन्देशमा भने, पोरबन्दरमा आयोजित भइरहेको माधवपुर मेलाको लागि मेरो शुभकामना। यो जीवन्त उत्सव हाम्रो गौरवशाली संस्कृतिलाई प्रतिबिम्बित गर्दछ र साथै गुजरात तथा पूर्वोत्तरबीच अटुट सांस्कृतिक सम्बन्धहरूलाई मजबुत बनाउँछ।
उनले भने, यो पर्व विविध परम्पराहरूलाई एकै ठाउँमा ल्याउँछ र ‘एक भारत, श्रेष्ठ भारत’ को साँचो भावनालाई प्रतिबिम्बित गर्दछ। म मानिसहरूलाई यो मेलामा आउन आग्रह गर्दछु।
उल्लेखनीय छ, प्रधानमन्त्री मोदीले अप्रेल २०२२ मा प्रसारित 'मन की बात' कार्यक्रममा पनि माधवपुर मेलाको महत्व र यसको सांस्कृतिक सम्पदाको उल्लेख गरेका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी