
गुवाहाटी, 03 मार्च (हि.स.)। दौल यात्राको अवसरमा होली उत्सवको लागि मानिसहरूमा अपार उत्साह देखिंदैछ। आज दौलयात्रा हो भने बुधवार होली हो। होलीको अवसरमा राज्यका केही जिल्लाहरूमा स्थानीय बन्दको घोषणा जिल्ला प्रशासनले गरेको छ।
यसै क्रममा दौल यात्राको अवसरमा कामरूप (मेट्रो) जिल्ला प्रशासनले पनि 4 मार्चको दिन स्थानीय बन्दको घोषणा गरेको छ। उक्त दिन कामरूप (मेट्रो) जिल्लाका सबै सरकारी कार्यालय औ शैक्षणिक संस्थानहरू बन्द रहनेछन्।
यस निर्देश अनुसार आगामी 4 मार्चको दिन कामरुप (मेट्रो) जिल्लाका सबै सरकारी कार्यालय, शैक्षणिक संस्थान, ब्यांक र सार्वजनिक क्षेत्रका संस्थानहरू बन्द रहनेछन्। तथापि जिल्ला प्रशासनले स्पष्ट पारेको छ, यो स्थानीय बन्दले कुनै पनि प्रकारको शैक्षणिक परीक्षामाथि प्रभाव पार्नेछैन। साथै पहिलाबाटै स्थगित गरिएको कुनै पनि लिखित परीक्षा वा साक्षात्कार आदि पूर्व निर्धारित समय अनुसार नै आयोजना गरिनेछ।
उल्लेखनीय छ, असम सरकारद्वारा प्रकाशित बन्दको सूचीमा 3 मार्चको दिन दौल यात्राको लागि बन्द राख्ने घोषणा गरिएको छ अर्थात कामरुप (मेट्रो) जिल्लाका सरकारी कर्मचारीहरूले 3 र 4 मार्चमा छुट्टीको लाभ उठाउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा